
– योगेन्द्रकुमार जोगी
संखुवासभा, ७ साउन । जिल्लाको बाह्रबिसे, धुपुमा लगातारको पानीका कारण सडकमा पहिरो र खाल्टाखुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा महिला सुत्केरी लगायत अन्य बिरामीलाई सदरमुकाम खादबारी अस्पताल पुर्याउन ठूलै सास्ती भोग्नुपरेको छ ।
सुत्केरीलाई धुपुबाट करिब तीन चार घन्टा लामो बाटोमा स्ट्रेचरमा बोकी खादबारी अस्पतालसम्म लैजानु पर्ने बाध्यता छ ।
केहीदिन अघिमात्र भक्ति प्रसाद दाहालको बुहारीलाई सुत्केरी बेथाले च्यापो हतार हतार गाउँमा गएर मान्छे बटुलेर अस्पताल लगे । यदि सवारीसाधन यहाँ आउने भए यति ठूलो समस्या हुने थिएन् उनले दुखेसो पोखे ।
बिरामी लगायत अन्य कामकाजका लागि समेत सदरमुकाम धाउनुपर्दा धरै कष्ट भोग्नुपरेको स्वास्थ्य चैकी धुपुका इन्चार्ज दिपा पोखरेलले बताइन साँघुरो र लामो बाटामा बिरामीलाई बोकेर सदरमुकाम लैजानुपर्दा धेरै दुःख हुने र सुत्केरी लगायत अन्य बिरामीले समयमा उपचार नपाउँदा ज्यानसमेत गुमाउनु परेको उनी बताउँछिन् ।
जिल्लामा निर्माण भएका सबै ग्रामीण सडकमा नालीको व्यवस्था नहुँदा वर्षात्मा बिग्रने गरेको कालिका प्रथामिक बिध्यालयका अध्यक्ष बिन
नारायण श्रेष्ठको भनाइ छ ।
अर्कोतिर पाङठा पाङमा खोला दोभानमा निर्माणाधिन पक्की पुल अलपत्र हुदा पनि यति ठूलो समस्या आएको स्थानीयको बुझाइ छ ।












प्रतिक्रिया