– कालु बोहरा
अछाम, ७ साउन । नेकपा एमाले अछामका पूर्व अध्यक्ष कमल तिमिल्सेनाले विगतमा टाउकाको मुल्य तोक्ने र मुल्य तोकि माग्ने राजनितिक दलबीच भएको अपवित्र गठवन्धनले लामो समय देखि नेपाली जनताले अपेक्षा गरेको संविधान कार्यन्वयनमा जटिलता उत्पन्न हुने बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३८ औँ स्मृति दिवसको अवसरमा आज मंगलसेनमा आयोजित वष्र्तमान राजनितिक परिवेशमा पुष्पलालको विचारको शान्दर्भिक्ता विषयक विचार गोष्टमा वोल्दै उहाँले यस्तो वताउनु भएको हो । उहाँले अहिलेको सरकारले गरेका कामहरुवाट जनताहरु नेकपा एमाले प्रति आकर्षित हुँदा नेपाली काँग्रस र माओवादी केन्द्र देशवाट पतन हुने डरले आपत्तियर केपी वली नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको आरोप लगाउनु भयो । पुर्व अध्यक्ष तिमिल्सेनाले समृद्ध नेपाल हेर्न नचाहाने प्रतिक्रियावादीहरु देशलाई अनिर्णयको वन्दी वनाउने दाउँमा लागी परेका समेत आरोप लगाउनु भएको छ ।
वि.स. २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।
सहिद गङ्गालालका भाइ पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।













प्रतिक्रिया