१९ कार्तिक २०८३, बिहिबार

ओली सरकारले गरेको नियुक्ति खारेजीको माग राख्दै सुप विश्वविद्यालयमा तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Talabandi-supa

– मोहन विष्ट

कञ्चनपुर, ७ साउन । अवैधानिक सरकारले सुुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा अध्यक्ष नियुक्ती गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

शुक्रबार दिउँसो सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरको केन्द्रीय कार्यालयसंगै रहेको सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको अखिल क्रान्तिकारी कञ्चनपुरका नेता बिरेन्द्र विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्रान्तिकारी विद्यार्थी संगठनले अवैधानिक सरकारले नियुक्त गरिएका सेवा आयोगका अध्यक्ष नियुक्ती खारेजी गर्नुपर्नेमा माग अघि सारिएको छ । क्रान्तिकारीले राजनीतिक सहमति बिना प्रतिगमन सरकारले निर्णय गर्न नपाईने भन्दै अनिश्चितकालिन तालाबन्दी गरिएको नेता विष्टले बताए ।

क्रान्तिकारीले माप पुरा नहुन्जेल तालाबन्दी जारी राख्ने चेतावनी दिएको छ । असंवैधानिक सरकारले जति पनि गरेका नियुक्ती बदर गर्न क्रान्तिकारीले माग समेत गरेको छ ।

talabandi-1

क्रान्तिकारीका अर्का नेता कबिराज धामी (तुफान)ले ओली सरकार अल्पमतमा परेकाले ओलीले हट त्यागेर राजिनामा दिनुपर्ने बताउनुभयो । ओली सरकारले सुदूरपश्चिम विश्वविद्यालय आयोगमा राम कुमार घिमिरेलाई सेवा आयोगको अध्यक्षमा नियुक्ती दिएपछि क्रान्तिकारी चिढिएको हो । ओली सरकार अल्पमतमा परेका बेला धमाधम राजनीतिक नियुक्ती गरेको गरेर व्यक्तिगत स्वार्थ लिईरहेको क्रान्तिकारीको आरोप छ ।

क्रान्तिकारी लगायत अन्य विद्यार्थी संगठनहरुले समेत क्रान्तिकारीको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन् ।