१९ कार्तिक २०८३, बिहिबार

बिभिन्न कार्यक्रम गरी डोटीमा पुष्पलाल स्मृती दिवस मनाईयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti-uml-office

– डिलबहादुर सिंह

डोटी, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवको पुष्पलाल श्रेष्ठको ३८औं स्मृती दिवसको अवसरमा डोटी बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

सदरमुकाम सिलगढीमा नेकपा (एमाले) डोटीले खेलाडीहरुलाई सम्मान, बृक्षारोपण तथा बिरामीहरुलाई फलफुल बितरण गरेको छ । कार्यक्रममा जिल्ला स्थित नेकपा (एमाले) सम्बद्ध नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । जिल्ला अस्पताल डोटीमा फलफुल बितरण तथा बृक्षारोपण र सामुदायिक बिकास मञ्च डोटीले एचआईभी संक्रमितहरुका लागी संचालनमा ल्याएको सामुदायिक हेरचाह केन्द्रमा रहेका एचआईभी संक्रमितहरुलाई फलफुल बितरण र बिभिन्न बिधाका उत्कृष्ठ खेलाडीहरुलाई सम्मान गरिएको छ ।

फलफुल बितरण कार्यक्रममा एचआईभी संक्रमितहहरुले उपचार र हेरचाह र आय आर्जनका क्षेत्रमा सहयोगा लागी पहल गर्न सबै संग आग्रह गर्नु भएको थियो ।

डोटी जिल्लावाट क्षेत्रीय राष्ट्रिय लगायतका खेलकुदमा पदक बिजेता कवडी, भलिवल, क्रिकेट, फुटवल, तेक्वान्दो र कराते लगायतका खेलका ९ जना खेलाडीलाई नेकपा (माले) पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको छ । नेपाक (एमाले) डोटीका अध्यक्ष चक्रबहादुर मल्ल, पुर्व अध्यक्ष नारद मलासी र पुर्व सभासद हर्कबहादुर सिंहले संयुक्त रुपमा खेलाडीहरुलाई सम्मान गर्नु भएको थियो ।

पार्टी कार्यालयमा आयोजित खेलाडीहरुलाई सम्मान कार्यक्रममा बक्ताहरुले संबिधान घोषणा संगै मुलुकले लोकतान्त्रिक आन्दोलनको एउटा चरण पुरा भएको उल्लेख गर्दै प्राप्त उपलब्धी गुम्ने खतरा तर्फ पनि सजक रहनु पर्ने तर्फ जोड दिनुभयो ।