काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उत्तरी छिमेकी चीनलाई एक सहानुभूति सन्देश पठाएका छन् ।
यस्तो छ देउवाले पठाएको सन्देशः
छिमेकी मित्रराष्ट्र चीनमा केही दिनदेखि परेको अविरल वर्षाका कारण सयौँ व्यक्तिको मृत्यु भएको, कयौं व्यक्ति वेपत्ता हुनाको साथै भिषण बाढी र पहिरोबाट ठूलो मात्रामा धन सम्पत्ति र विकास निर्माणका संरचनाहरु क्षति भएको घटनाले मलाई दुःखीत र मर्माहत बनाएको छ ।
यस प्राकृतिक विपतमा प्रभावितहरुको उद्धार र राहत वितरणमा चिनिया सरकारले गरेको प्रयास सह्रानीय छ । मेरो व्यक्तिगत र पार्टीको तर्फबाट चिनिया सरकार र चिनिया जनताप्रति सहानुभूति प्रकट गर्दछु ।
दुःखको यस घडीमा निधन हुनु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, चिनिया सरकार मार्फत सम्पूर्ण शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
शेरबहादुर देउवा
सभापति












प्रतिक्रिया