गुल्मी ७ साउन । गुल्मी जिल्लाका अधिकांस सडकहरू अवरुद्ध भएका छन । लगातार परेका वर्षाका कारण जिल्लाको प्रमुख तम्घास–तानसेन सडकलगायत अन्य सबै सडकहरु यतिबेला अवरुद्ध भएका हुन ।
एक सतादेखि परेको अविरल वर्षाले अहिले तम्घास, तानसेन सडकखण्डको भगारीमा सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध भएपछि तम्घासबाट बुटवल–काठमाडौका लागि बिहान छुटेका सवारीका साधनहरु भगारीमा अलपत्र परेका छन् ।
सदरमुकाम तम्घास नजिकै पहिरो खसेको भएपनि पानी परिरहेकाले सड्कमा भएको पहिरो हटाउन समय लाग्ने बताइएको छ ।
यस्तै जिल्लाकै सबैभन्दा बढी सवारीका साधनहरु गुड्ने रिडी, रुद्रवेणी, वामीटक्सार सडक पनि अवरुद्ध भएका छन् । अविरल वर्षाले सडकका बिभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्लाका अन्य ग्रामीण क्षेत्रमा जाने सबै सडकहरु पनि वर्षाका कारण बन्द भएका छन् । जिल्लाका सबै सडक अवरुद्ध भएपछि सर्वसाधारणहरुलाई सास्ती भएको छ ।













प्रतिक्रिया