– नरेश केसी
भैरहवा, ६ साउन । देशको वर्तमान अवस्था जटिल भएको कारण सबै मिडिया सकारात्मक भएर अगाडी बढ्नुपर्ने नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्टले बताएका छन् ।
आज विहीवार भैरहवाबाट प्रकाशन भएको रंगीन कलेबरको न्यूज ओके साप्ताहिक पत्रिकाको विमोचन गर्दै सभापति डा. विष्टले भने “मिडीयाले राजनितीक दललाई सकारात्मक दिसामा निर्देश गर्ने बेला आएकोले सबै मिडीया एक भएर सकारात्मक सन्देश प्रवाह गर्न सबै मिडीया र मिडीयाकर्मि एक हुनुहोस् ।” डा. विष्टले दलहरुलाई एक गराउने वा फुटाउने भन्ने सबालमा पनि मिडीयाको अहं भूमिका हुने हुदां दलहरुलाई फुटाउदा राष्ट्रलाई नोक्सान पुग्ने हुदां सबै दल र शक्तिलाई एकताबद्ध गराई राजनितीक स्थायीत्वकोलागी अभिप्रेरित गर्नुपनि मिडीयाको दायित्व भएको बताए ।
डा. विस्टले पछिल्लो समय नेपालमा सन्चारगृह र सन्चारकर्मिको संख्या बढीरहेकोप्रति खुसी व्यक्त गर्दै संख्यात्मक वृद्धिमा प्रतिसपर्धा गर्नेले गुणात्मकतामा भने ध्यान नदिएकोमा चिन्ता व्यक्त गर्दै भने “पत्रकारहरुको संख्या अधिक छ तर गुणात्मकतामा ध्यान दिएको छैन । त्यसैले हामीले शुद्धिकरण अभियान थाल्दै छौं । ”
पत्रकारीता अहिलेको समयमा चुनौतिको पेशा भएको जनाउदैं सभापति विस्टले पत्रकार नेपालका पत्रकारलाई लक्षित गरी महासंघको अगुवाइमा दुर्घटना विमा, जेष्ठ पत्रकार भत्ता, शैक्षिक छात्रावृत्ति र न्यूत्तम पारिश्रमिक लागु गरिएको जनाउदैं पत्रिका सन्चालनको शुभकामना दिए ।
सोही अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जिल्लामा रंगीन कलेबरमा प्रकाशित पत्रिका निशुल्क रुपमा वितरण गर्नेगरी प्रकाशन गरेकोमा खुसी व्यक्त गर्दै पत्रिका निरन्तरताकोलागी शुभकामना दिए । नेपाल पत्रकार महासंघ रुपन्देही सभापति शेर बहादुर के.सी.ले पत्रकारले सधैं सकारात्मक भूमिका खेल्नुपर्ने जनाउदैं विश्व शान्तिको मुहान लुम्बिनीको प्रवेशद्धार भैरहवाबाट प्रकाशित पत्रिका न्युज ओकेले शान्ति र समृद्धिकोलागी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
पत्रिका सन्चालक समितीका अध्यक्ष विमल सेन्चुरीको अध्यक्षता , पत्रिकाका सम्पादक मनोरन्जन शर्माको सन्चालनमा सम्पन्न उक्त समारोहमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा लगायतले पत्रिका प्रकाशनको शुभकामना दिएका थिए । भैरहवाबाट प्रकाशन आरम्भ गरेको न्यूज ओके पत्रिका हरेक विहीवार प्रकाशन हुने भएको छ । भैरहवाबाट यसअघि नै आइतबार लुम्बिनीखबर र नारिविम्ब प्रकाशन भइरहेको छ भने सोमबार बुद्धध्वनि र गौतमबुद्ध सन्देश , मंगलबार लुम्बिनीपोस्ट प्रकाशन भइरहेको छ भने बुद्धविहानी दैनिकको रुपमा निरन्तर प्रकाशित पत्रिका हो ।
तीसको दशकमा लुम्बिनी अन्चलको ऐतिहासीकतालाई नियाल्दा भैरहवा पत्रपत्रिकाको उर्वर थलो देखिन्छ भने पछिल्लो केही दशक यता पत्रपत्रिका प्रकाशन निरन्तरता नभएता पनि एक दशक यता पुनः पत्रिका प्रकाशनमा निरन्तरता आउन थालेका छन् ।













प्रतिक्रिया