सर्लाही, ६ साउन । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका–२ बाट ६ वटा बोरामा रहेको ७६ पोका पटका बरामद गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गस्ती प्रहरी टोली बुधबार राति उक्त स्थानमा पुग्दा भारतबाट नेपालतर्फ भंसार छली लुकाई छिपाई पटका ल्याउदै गरेका व्यक्तिहरुले प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त पटकाहरु छाडेर भागेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया