१९ कार्तिक २०८३, बिहिबार

दाङमा अख्तियारद्वारा घुससहित इञ्जिनियर पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-ghus-1– निशानदाजु भट्टराई

घोराही, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जना इञ्जिनियरलाई रङगेहात पक्राउ गरेको छ ।

आयोगको सम्पर्क कार्यालय कोहलपुरवाट आएको टोलीले लमही जल उतपन्नÞ नियन्त्र प्रकोप डिभिजन कार्यालय लमहीका इञ्जिनीयर राम दुलारे सरण भगतलाई आफ्नै क्वाटरबाट घुस लिदै गर्दा रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियारको सम्पर्क कार्यालय कोहलपुरका एसपी दिपक थापाको नेतृत्वमा आएको अख्तियारको टोलीले इञ्जिनियर भगतलाई आफ्नै क्वार्टरवाट एक लाख ५७ हजार रुपैया घुस लिदै गर्दा पक्राउ गरेको थियो ।

पक्राउ परेका भगतमाथि अनुसन्धान जारी रहेको एसपी थापाले बताउनु भयो ।