१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस नेता खुमबहादुर खड्का धेरैपछि सार्वजनिक कार्यक्रममा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khadka

– निशानदाजु भट्टराई

काठमाडौं, ६ साउन । लामो समयसम्म सार्वजनिक कार्यक्रममा नदेखिएका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का आज सार्वजनिक हुँदै हुनुहुन्छ ।

विपी जयन्तिको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न नेता खड्का जान लाग्नु भएको हो । उपचारपछि लामोसमयसम्म आराम गर्नु भएका खड्का काठमाडौको शंकरदेव क्याम्पसका पार्टी निकट विद्यार्थि र प्राध्यापकहरुको संगठनले गर्न लागेको कार्यक्रममा प्रमुख अतिथिकारुपमा उपस्थित हुन लाग्नु भएको छ ।

उहाँ सहभागी हुने आजको कार्यक्रमलाई विशेष महत्वको रुपमा हेरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै आउनु भएका खड्का सम्मिलित कार्यक्रममा उहाँ पक्षीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभागिता हुने खड्काका विश्वासपात्र मानिनुहुने युवा नेता महेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले दिउसो १ बजे काठमाडौको राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उपस्थितीका लागि सबैमा आग्रह गर्नु भएको छ ।

सो कार्यक्रममा काग्रेस नेता खड्काले आज सरकारको अविश्वास प्रस्तावको र हिन्दू राज्यको बारेमा विशेष कुरा बोल्नुहुने छ ।