१९ कार्तिक २०८३, बिहिबार

प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा आउँछ : रायमाझी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

top-bahadur-rayamajhi-555x335काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका नेता एवम् निवर्तमान उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना रहेको खुलासा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रायमाझीले भने,‘काँग्रेसले हामीलाई समर्थन गरिक्यो, अब एमालेले पनि हामीलाई सहयोग गर्नुपर्छ, विगतमा हामीले एमालेलाई ९ महिना सहयोग गरेकै हो, अहिले एमालेले हामीलाई सहयोग गर्दा के विग्रन्छ ।’

संविधानको प्रभावकारी कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नको लागि पनि प्रमुख राजनीतिक दलहरुवीच सहमति आवश्यक भएको भन्दै त्यसको लागि पहल भैरहेको उनको दाबी छ ।

उनले संविधानले सरकार बनाउने नमिल्ने भनेर कतैपनि उल्लेख नभएको उल्लेख गर्दै भने,‘अविश्वासको प्रस्ताव पहिले वा विधेयक पहिला भनेर विवाद गर्नुहुँदैन, विधेयकको कुरा ठूलो होईन, बजेट पारित भैसकेको छ, कुन पहिला भन्नु जरुरी छैन ।’ उनले नयाँ सरकार बन्ने प्रक्रिया भोलिबाटै सुरु हुने दाबी गर्दै प्रधानमन्त्रीले राजिनामा दिएर मार्गप्रशस्त गर्नु नै उत्तम हुने बताए ।

ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै भने,‘यो सरकारले महत्वपूर्ण कामहरु समेत गरेको छ, तर शान्तिप्रक्रिया, संविधानको कार्यान्वय र पूर्ननिर्माण लगायतका कामहरुमा केही कमीकमजोरी रहेपछि अरु कामहरु छायाँमा परे ।’