काठमाडौं, ५ साउन । युवासंघ नेपाल र अनेरास्ववियुले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् । समसामयिक राजनीतिक परिवेश र भावी योजनाको बिषयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनमा युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले अब संसद रहने नरहने बिषयमा जनताको ताजा जनादेश लिन जनमत संग्रहमा जान सकिने बताउनु भएको छ । राष्ट्रलाई नयाँ गति दिन सरकारले बृहत हिसाब बाटकाम गरिरहेको बेला देशी बिदेशी प्रतिक्रियाबादी शक्तिले नेपाललाई राजनीतिक अस्थिरताको ट्रान्जिट बनाउदै बिदेशी अतिबाद र भारतीय बिस्तारबादको खेलौना बनाउन खोजेकोमा आफूहरु राष्ट्रिय अस्मिताको रक्षा गर्न जस्तोसुकै बलिदानी दिन तयार रहेको बताउनु भयो ।
उहाँले स्वतन्त्र युवाहरुको अभियानमा आफू एक नागरिकको हिसाबमा सहभागी हुँदा मिडियामा विभिन्न कुरा आएकोमा लोकतन्त्रमा जो कोहि नागरिक सार्वजनिक कार्यक्रममा उपस्थित हुन पाउने अधिकार रहेको बताउनुभयो । नेपालको बर्तमान सरकारको लोकप्रियताबाट अतालिएर विदेशीको साहारामा सरकार परिवर्तन गर्न खोज्नु नेपाली कांग्रेस र माओबादीको भारतीयकरण हो बताउनुभयो ।

त्यस्तै उहाँले नेपाली कांग्रेस र माओबादीका बीच शान्ति सम्झौतापछि भएका जघन्य आपराधिक घटनालाई माफि दिने बिषय नेपाली जनतालाई मान्य नहुने बताउनुभयो ।
त्यस्तै, अनेरास्ववियु अध्यक्ष नविना लामाले रास्ट्रियता र बिकासको बाटोमा देशले नयाँ गति लिएको बखत मुलुक देशी बिदेशी शक्तिको चंगुलमा फसेको बताउनुभयो । सरकारले १९१६ लगायत सन्धिको पुनरावलोकन गर्न थालेको प्रयासलाई रोक्नु राष्ट्रको हित बिपरित भएको उहाँले बताउनुभयो ।
कार्यक्रम मा युवासंघ महासचिव किरण पौडेल, अनेरास्ववियु महासचिव ऐन महर लगायतले बोल्नु भएको थियो भने अनेरास्ववियु छैटौ अध्यक्ष अनिल घिमिरे, अनेरास्ववियु पाचौ अध्यक्ष घनश्याम मिश्र, रापपा नेपाल बिद्यार्थी संयोजक उज्जल पोख्रेल लगायतले ऐकबद्दता जनाउनु भएको थियो ।













प्रतिक्रिया