१९ कार्तिक २०८३, बिहिबार

दुर्घटनामा परेका पत्रकार केसीलाई बिमा रकम प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bima

बुटवल, ५ साउन । नेपाल पत्रकार महासंघले सडक दुर्घटनामा परी घाइते भएका पत्रकार भरत केसीलाई बिमा रकम प्रदान गरेको छ । बुटवलमा रहेर पत्रकारिता गर्दै आएका केसी जेठ १८ गते सडक दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेका केसीको उपचारका लागि पत्रकार महासंघ रुपन्देहीको पहलमा महासंघ केन्द्रले बिमा रकम दाबि गरेको थियो । दाबि अनुसार बिमा कम्पनीले पत्रकार केसीलाई २ लाख रुपैया उपचारका लागि उपलब्ध गराएको थियो ।

बिमा रकम नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सुर्यमणि गौतमले एक कार्यक्रमकाबीच पत्रकार केसीलाई सो रकमको चेक प्रदान गरे । कोषाध्यक्ष गौतमले बिमा गर्दाको फाइदा केसीले प्राप्त गरेको भन्दै सबै पत्रकारलाई महासंघको बिमा कार्यक्रममा आउन आग्रह गरे ।

पत्रकार महासंघ रुपन्देहीबाट १ सय ४० जना पत्रकारहरुको बिमा भएको छ । रुपन्देहीमा करिव २ सय २० जना पत्रकार महासंघको सदस्य छन् । महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले छुटेका पत्रकारहरुलाई बिमा गर्न आग्रह गरे । बिमा गर्नका लागि पत्रकार महासंघको सदस्यका साथै सुचना बिभागको परिचय पत्र अनिवार्य गरिएको छ । सोही परिचय पत्रका आधारमा सूचना तथा सञ्चार मन्त्रालयले पत्रकारहरुको दुर्घटना बिमा गरिदिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाल, पत्रकार महासंघका पूर्ब अध्यक्षहरु बालकृष्ण चापागाई, हरि लम्साल, डीआर घिमिरे, दीपक ज्ञवाली लगायत अन्य पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।