२६ कार्तिक २०८३, बिहिबार

सरकारलाई कांग्रेसको चेतावनी- दीर्घकालिन महत्व राख्ने ठूला निर्णय नगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhurba-wagle

काठमाडौं, ५ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई ठूला निर्णय नगर्न चेतावनी दिएको छ ।

बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सरकारलाई दीर्घकालिन महत्व राख्ने ठूला निर्णय र राजनीतिक निर्णय नगर्न चेतावनी दिएको हो ।

बैकठपछि सञ्चारकर्मीसँग बोल्दै समितिका सचिव धुव्र वाग्लेले माओवादी केन्द्रले समर्थन फिर्ता लिदा अल्पमतमा परेको सरकारले ठूला र राजनीतिक निर्णय नगर्नु चेतावनी दिन चाहन्छौं भने ।

बैठकले आफ्ना सांसदलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन निर्देशन पनि दिएको छ । साथै अन्य दललाई अविश्वासको प्रस्तावमा मतदान गर्न आग्रह पनि गरेको सचिव बाग्लेले बताए ।