काठमाडौँ, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ जन्मजयन्तीको अवसरमा यही साउन ७ गते पुष्पलालको मुहार चित्र प्रदर्शनी गरिने भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने उक्त कार्यक्रममा मुलुकको राजनीतिक विकासक्रममा पुष्पलालका विभिन्न समयका चित्रसमेत प्रदर्शन गरिनेछ । त्यसमा अधिकांश चित्र राजनीतिक घटनामा आधारित हुनेछ ।
सोही दिन पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनले समेत उहाँप्रति श्रद्धाञ्जलि तथा स्मृति दिवस समेत गर्नेछन् । जन सांस्कृतिक मञ्चले सोही स्थलमा ‘पुष्पलाल स्मृति साँझ’ को आयोजना गरी विभिन्न गीत तथा साङ्केतिक कार्यक्रम प्रस्तुत गर्ने छ ।
उक्त कार्यक्रममा विभिन्न जनवादी गीतसमेत पुष्पलालप्रति समर्पित गरिने पुष्पलाल स्मृति प्रतिष्ठानका सचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । सोही स्थानमा जनसंगीत मञ्चले करिब एक घन्टा १० मिनेटको ‘पुष्पलाल’ नामक नाटक मञ्चन गर्नेछ ।
विसं १९८१ मा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलालका राजनीतिक घटनाक्रमसँग सम्बन्धित नाटकमा जहानियाँ राणाशासनविरुद्ध सर्वसाधारणलाई सन्देश दिइएको नाटकका निर्देशक प्राज्ञ माधव श्रेष्ठले बताउनुभयो । रासस













प्रतिक्रिया