भक्तपुर, ५ साउन । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा भक्तपुरबाट ६८ वटा उजुरी परेका छन् ।
सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र गैरराज्य पक्षबाट मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको सत्यतथ्य अनुसन्धान गर्न र द्वन्द्वपीडितलाई न्याय दिन सरकारद्वारा गठित आयोगमा ती उजुरी परेको शान्ति समिति, भक्तपुरले जानकारी दिएको छ ।
बेपत्ता छानबिन आयोगमा १३ वटा उजुरी परेको शान्ति समिति भक्तपुरका कार्यालय सचिव सरोज अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी, मृत्युका ३५, घाइते÷अपाङ्ग आठ, नजरबन्द÷अपहरण सात, सम्पत्ति कब्जा गर्ने एक, मानसिक यातनाका चार गरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा ५५ वटा उजुरी परेको उहाँले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया