१९ कार्तिक २०८३, बिहिबार

अस्थायी तटबन्ध बनाउन सुरक्षा निकाय सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

भीमदत्तनगर, ५ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीको बाँध फुट्ने खतरा बढेको छ ।

दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीको तटबन्ध मङ्गलबार साँझ अचानक फुट्ने सम्भावना बढेपछि सोको रोकथामका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय भएका छन् ।

त्यसैगरी, भत्किने सम्भावना रहेको तटबन्ध बनाउनका लागि सदरमुकाम भीमदत्तनगरस्थित भगतपुर ब्यारेकबाट नेपाली सेनाको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ ।

तटबन्ध दिउँसोदेखि चर्किएको भएपनि अबेर साँझ अचानक फुट्न थालेको स्थानीयवासीले जानकारी दिएका छन् ।

“दिउँसैदेखि सामान्यरुपमा तटबन्ध चर्किएको थियो ।” स्थानीय मोहनबहादुर सिंहले भन्नुभयो – “अहिले फुट्ने सम्भावना बढेपछि रोकथामको प्रयास भइरहेको छ ।” उहाँले तटबन्ध फुटे छेउछाउका बस्ती डुबान पर्ने त्रासमा स्थानीयवासी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले तटबन्धको केही जाली क्षतिग्रस्त हुन थालेपछि सोको नियन्त्रणमा सुरक्षा निकाय र स्थानीयवासी जुटेको जानकारी दिनुभयो ।

“तटबन्ध फुटाइहाल्ने अवस्था छैन,” उहाँले भन्नुभयो – “अहिले त्यहाँ तारजाली भर्ने काम भइरहेको छ ।” उहाँले तटबन्ध फुट्ने सम्भावना न्यून रहेको बताउनुभयो ।

उक्त स्थान महाकाली नदीमा रहेको झोलुङ्गे पुलभन्दा करिब ५०० मिटर उत्तरतर्फ रहेको छ । प्रहरीले महाकाली नदीमा पानी ७० हजार क्यूसेक मापन गरिएको जनाएको छ । रासस