२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीलाई भेट्न सभामुख बालुवाटारमा, बजेट पारितमा सहयोग गर्न आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, ४ साउन ।  केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटी सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्यसूचीमा राख्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

गत असार २९ गते नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस सहितका दलले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थापिका–संसद्को बैठक बस्न सकेको छैन । सो दिन आर्थिक विधेयक, २०७३, राष्ट्र ऋण उठाउने विधेयक,२०७३ र ऋण तथा जमानत (२१औँ संशोधन) विधेयक,२०७३ मा छलफल गर्ने कार्यसूची थियो ।

सभामुखले अविश्वासको प्रस्तावमा यही साउन ६ गतेदेखि छलफल हुने जानकारी गराएपछि सत्तापक्ष र विपक्षीबीच कुन प्रस्तावलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले आफूले सो विषयमा विभिन्न दल र सम्बन्ध पक्षसँग परामर्श गरिरहेको र सकेसम्म सहमतिका आधारमा अघि बढ्ने विश्वास दिलाउनुभयो । रासस