काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार पछिल्लो राजनीतिक परिस्थितीबारे छलफल गर्न प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डलाई साँझ ५ बजे बालुवाटार बोलाएका हुन् ।
नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिइसकेको र संसदमा कांग्रेससँग मिलेर माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका बेला प्रधानमन्त्री ओलीले ‘फाइनल’ कुरा गर्न देउवा र प्रचण्डलाई बालुवाटार बोलाएका हुन् ।
बालुवाटारमा ओलीले देउवा र प्रचण्डसँग सरकार परिवर्तन र अविश्वासको प्रस्तावबारे पनि छलफल गर्ने बताइएको छ ।













प्रतिक्रिया