१९ कार्तिक २०८३, बिहिबार

पहिरोमा फसेका सात परिवारलाई उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ३ साउन । जिल्लाको विकट गाविस तापेथोक–८ मा पर्ने सोत्लिम गाउँमा झरेको पहिरोमा फसेका सात परिवारलाई प्रहरी र स्थानीयवासीको सक्रियतामा सुरक्षित स्थानमा सारिएको छ ।

शनिबार गएको पहिरोका कारण बीचमा अलपत्र परेका ती परिवारलाई तापेथोक प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रदीप राईको नेतृत्वमा लेलेप र तापेथोकबाट घटनास्थल पुगेको टोलीले स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा सारेको हो ।

विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार सोत्लिमा गाउँकै लामाटार, जौबारी र हेक्कुले भन्ने ठाउँमा बसोवास गरेका उनीहरुलाई आफन्त रहेको ठाँउमा पुर्याइएको हो ।

यस्तै ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीका अनुसार पहिरोको बीचमा परेका सात परिवारसहित आसपासको क्षेत्रमा बसोबास गर्ने अन्य घरपरिवार समेत गरी ११ घरपरिवार त्यहाँबाट पहिरोकै कारण विस्थापित हुनुपरेको छ ।

सो क्षेत्रमा पहिरोको उच्च जोखिम देखिएकाले तत्काल बसोबास गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ । यस्तै पहिरोमा हराएकी भनिएकी चन्द्रमाया राई भेटिए पनि वर्ष २८ की मनिता राईको अवस्था भने अज्ञात रहेको पाण्डेले बताउनुभयो । पहिरो झरेपछि बच्नका लागि भाग्ने क्रममा उनी शनिबार बिहान बेपत्ता भएको स्थानीयवासीले बताएका छन् । रासस