धनगढी ३, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारकोे पक्षमा दिन प्रतीदिन देशैभरी युवाहरुको लहर बढ्न थालेको छ । काठमाडौंबाट शुरु गरिएको एक्यबद्धता अभियान देशभरी फैलिदै गएको छ ।
अभियानमा कैलालीका युवाहरुको समेत सर्मथन देखिएको छ । कैलालीका युवाहरुले आज दिउसो ३ बजे धनगढी पार्कमोडमा बृहत कार्यक्रम गर्ने भएका छन् । ‘आइ एम वीथ केपी शर्मा ओली’ भन्ने अभियानका साथ स्वतन्त्र युवा अभियानले समंन्वय गर्दै सम्पुर्ण युवाहरुलाई अभियानमा सहभागीहुन अनुरोध गरिएको छ ।
राष्ट्रिय झण्डा सहित कार्यक्रममा सहभागीहुन अभियन्ताहरुले आग्रह समेत गरेका छन् । केही दिन देखी माओवादीले सरकारको सर्मथन र्फिता लीए सगै अल्पमतमा परेको सरकारको दिगोपनाको माग सहित देशभर एक्यबद्धता अभियान स्वस्फुर्त रुपमा युवाहरुले देशैभरी सञ्चालन गरिरहेका छन् ।
राष्ट्रीयताको सवालमा प्रधानमन्त्रीको भुमिकालाई लिएर उनको पक्षमा जनमत बलियो बन्दै गएको छ ।













प्रतिक्रिया