१९ कार्तिक २०८३, बिहिबार

डा. गोविन्द केसीको विपक्षमा रामकुमारी झाक्री ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले डा. गोविन्द केसीको अनसनलाई समर्थन गर्न नसकिने संकेत गरेकी छिन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले मनमोहन स्मृति शिक्षण अस्पताललाई रोक्न बालहठ देखाएको टिप्पणी गरेकी छन् ।

आफूलाई बारम्बार डा. केसीको अनसनबारे प्रश्न आएको भन्दै उनले फेसबुकमार्फत आफू सिद्धान्तत उदारीकरण र निजीकरण्नाको विरोधी भएको भन्दै उनले शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ भनेर मनमोहन अस्पताल खोल्ने बेला आफू मौन बसेको उल्लेख गरेकी छिन् ।

तर, डा. केसीले पनि निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा हातहाल्न लिनु हुन्न नभनेको भन्दै उनले भनेकी छन्, उनको बालहठ त काठमाडौंमा सञ्चालन अनुमति प्राप्त गर्न लागेको मनमोहन स्मृति शिक्षण अस्पतल जसरी पनि हुन नदिने बदनीयतपूर्ण ढंगले लागेको देखियो ।’

हेर्नुस् झाक्रीको फेसबुक धारणाः

ramkumari_status_kc