१९ कार्तिक २०८३, बिहिबार

एसएसपीमा बढुवा भएकाले पाए दर्ज्यानी चिन्ह, आईजीपीबाट ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ssp

काठमाडौँ, २ साउन । प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले नेपाल सरकार (माननीय गृह मन्त्रीस्तर) को गत असार २८ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी अधिकृतहरुलाई आइतबार आयोजित एक समारोहबीच दज्र्यानी चिन्हद्धारा सुशोभित गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले बढुवा हुनुभएका अधिकृतहरुलाई बधाई दिनुहुदँै व्यवसायीक दक्षतालाई निखारेर क्षमता र सम्भावनालाई पहिचान गरी व्यक्तित्व विकास गरेमा शिखरमा पुग्न सकिने बताउनुभयो ।

उहाँले संगठनका चुनौतीहरु बढेकोले मुलुकको सुरक्षा व्यवस्थापन गर्न शारिरिक तथा मानसिक रुपमा तयार हुनुपर्ने बताउँदै संगठनलाई मजबुत बनाउन र अगाडि बढाउन ऐक्यबद्धताको आवश्यकता पर्ने बताउनुभयो । दर्ज्यानी चिन्हबाट शुसोभित हुनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरु ठाकुर प्रसाद ज्ञवाली, तारिणी प्रसाद लम्साल, विक्रम गुरुङ र सुर्य प्रसाद उपाध्याय रहनुभएको छ । बढुवा हुनुभएको मध्ये प्रहरी वरिष्ठ उपरीक्षक हरिभक्त प्रजापति हाल हाईटी मिसनमा कार्यरत रहनुभएको छ ।

ssp

समारोहमा पदोन्नति भएकाहरुको तर्फबाट बोल्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पदोन्नतीसंगै थपिएका चुनौतिहरु सांगठनिक निर्देशन र आफू मातहतमा प्रहरी कर्मचारीहरुसँग सहकार्य गर्दै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।