१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीको समर्थनमा महेन्द्रनगरमा र्याली (फोटो फिचर)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

I-am-with-kp-oli-mnr-1

– कृष्ण महरा

महेन्द्रनगर, २ साउन । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अविश्वासको प्रस्तावद्धारा विस्तापन गर्न संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसको विरोधमा आज सुदुरपश्चिम नेपालको महेन्द्रनगरमा स्वतन्त्र युवाहरुले र्याली निकालेका छन् ।

युवाहरुले महेन्द्रनगरको मदनचोकमा जम्मा भई पुरै बजार परिक्रमा गरेका छन् ।

युवा समर्थकहरुले ‘म केपी ओलीको साथमा छु’, ‘ओलीका लागी होइन, भोलीका लागी’, ‘सहिलाई सहि गलतलाई गलत भन्न सिकौँ’, ‘पार्टी होइन,देश ठुलो’, ‘राजनीतिक स्थिरता नै विकासको जग हो’, ‘राष्ट्रियताका नाममा एकजुट हुन सिक’ जस्ता प्लेकार्ड बोकेर र्याली निकालेका छन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले २८ गते प्रधानमन्त्री ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र केन्द्रले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव माथी संसदमा आगामी साउन छ गते छलफल हुने कार्यक्रम तय गरिएको छ ।

आयोजक स्वतन्त्र युवा अभियान भनिए पनि राजनैतिक पार्टीका आस्थावानहरु भने उपस्थित देखिन्थे ।

I-am-with-kp-oli-mnr  I-am-with-kp-oli-mnr-2 I-am-with-kp-oli-mnr-3 I-am-with-kp-oli-mnr-4 I-am-with-kp-oli-mnr-5 I-am-with-kp-oli-mnr-6 I-am-with-kp-oli-mnr-7 I-am-with-kp-oli-mnr-8 I-am-with-kp-oli-mnr-9