काठमाडौं, २ साउन । नेपालको शिक्षा क्षेत्रलाई धरासायी बनाएर विदेश विद्यार्थी पठाउने चलखेल बढ्न थालेको भन्दै त्यस्ता निकायलाई प्रोत्साहन दिन नहुने माग गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपाललको अगुवाईमा आइतबार काठमाडौंमा बिशाल -याली निकालिएको छ ।
डा.गोविन्द केसीको आन्दोलनको फरक–फरक मागका कारण नेपाली विद्यार्थी बाहिर पठाउने उदेश्य रहेको भन्दै प्रोफेसर, कलेज संचालन, अबिभावक, विद्यार्थी, चिकित्सक, समाजसेवी, बुद्धिजीवी, उद्योगीहरूको सहभागितामा बिशाल ¥याली निकालिएको हो ।
भृकुटीमण्डपबाट निस्किएको विरोध -याली बागबजार, पुरानो वसपार्क, त्रिपुरेश्वर, थापाथली हुँदै माइतिघरमण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर भोला रिजालले कसैको समर्थन र विरोधमा आफूहरू सडकमा नआएको बताउनुभयो । उहाँले नेपालमा मेडिकल शिक्षाको स्तर कसरी बढाएर अन्तर्राष्ट्रिय जगतमा पुगाउन सकिन्छ भनेर प्रदर्शनमा आएको उल्लेख गर्नुभयो ।
नेपालमा पहिलो मेडिकल खोल्ने अभियानता दीपक भट्टराईले डा.गोविन्द केसीलगायत सीमित व्यत्तिहरूले निजी क्षेत्रलाई माफिया भनेर लगाएको आरोपको खण्डन गर्नुभयो ।
उहाँले सबैलाई एउटा एउटा विषय समाएर राजनीति गर्नु पर्ने भएकाले डा.गोविन्द केसीले पनि राजनीति गर्ने माध्यम निजी मेडिकल कलेजको विषय बनाएको दावी गर्नुभयो ।












प्रतिक्रिया