१९ कार्तिक २०८३, बिहिबार

यस्तो देखियो हेटौँडामा ओलीको पक्षमा भएको युवा जुलुस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Samarthan-Hetauda

हेटौँडा, २ साउन । अहिलेसम्मको सरकारले नगरेको काम वर्तमान केपी ओलीको सरकारले गरेको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले हेटौँडामा प्रदर्शन गरेका छन् ।

भारतको नाकाबन्दीदेखि भारतको मात्र एकाधिकारको बजारलाई चीनसँग जोड्दै अघि बढेको सरकार नेपाल र नेपालीका लागि आवश्यक रहेको भन्दै हेटौँडाका बिभिन्न क्षेत्रमा आवद्ध रहेका स्वतन्त्र युवाहरुले बजारमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा हेटौंडामा रहेका उच्च मावि तथा क्याम्पसका बिद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

Oli-Samarthan-Hetauda1

हेटौँडाको सिमचौकबाट बजार परिक्रमा गर्दै प्रदर्शन गरिएको थियो । सरकारले जनताको भावना बुझ्दै काम गरिरहेको अवस्थामा नयाँ सरकार आउनु उपयुक्त नभएको युवाहरुको भनाइ छ । बर्षाको झरीमा रुझ्दै सरकारको समर्थनमा नाराबाजीसहित बजार परिक्रमा गरिएको थियो । प्लेकार्ड र व्यानर बोकेका युवाहरुले नेपाल र नेपालीको पक्षमा रही राष्ट्र र राष्ट्रियतामाथि अडिग सरकार देशको लागि आवश्यक रहेको युवाहरुले बताए ।