१९ कार्तिक २०८३, बिहिबार

‘आइ एम विथ केपी ओली’ भन्दै प्रधानमन्त्रीको पक्षमा भक्तपुरमा प्रदर्शन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

i-am-with-kp-oli-20

भक्तपुर, १ साउन । प्रधानमन्त्री ओलीको पक्षमा आज भक्तपुरमा युवाले विशाल र्याली प्रदर्शन गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आह्वान गरिएको कार्यक्रममा स्वतःस्फूर्त रुपमा आएका युवाले ‘आइ एम विथ केपी ओली’ नारा दिएर विभिन्न प्लेकार्ड बोकी भक्तपुर नगरपालिका क्षेत्रको परिक्रमा गरेका थिए । सहभागीहरुले प्रधानमन्त्री ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

हजारौँको सङ्ख्यामा नेपालको झन्डासहित सहभागी युवा एवम् किशोर– किशोरीले ओलीको तस्बिर अङ्कित प्लेकार्ड बोकेर कमलविनायकबाट सुरु गरेको र्याली च्यामासिंह, सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, पाँचतले मन्दिर, नासमना, बंशगोपाल, दूधपाटी, इनाचो हुँदै दरबारस्क्वायर आएर समापन भएको सहभागी नगरकोट निवासी जयराम बाँस्तोलाले बताउनुभयो ।

कार्यक्रममा सहभागी अनिल अधिकारीले सामाजिक सञ्जालमा आह्वान गरेकै भरमा हजारौं युवा–युवती सहभागी भएको बताउँदै कामै गर्न नदिई कुर्सीकै लागि सरकार ढाल्ने प्रवृत्तिको आलोचना गर्न पनि ¥यालीको आयोजना गरेको बताउनुभयो । रासस