१९ कार्तिक २०८३, बिहिबार

सुदूरपश्चिममा आज साउने संक्रान्ति मनाइदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, १ साउन । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाइदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न रोगहरुबाट बच्न लुतो फाल्ने परम्परा रहेको छ । छालाजन्य रोग दाद, लुतो, खटिरा आदिबाट बच्न कुकुरडाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी जस्ता बनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो फाल्ने प्रचलन छ ।

यसैबीच सुदूरपश्चिममा पनि आज साउने संक्रान्ति पर्व धुमधामका साथ मनाइदैछ । सुदूर पश्चिममा आज खेतबारीमा रोग ब्याधि नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेल लगायतका हरिया बनस्पतीको हाँगा खेतमा गाड्ने (स्थानीय भाषामा हर्यालो हाल्ने) प्रचलन छ ।

हरेलो (वर्षातमा स्वास्थ्यमा असर) नलाग्ने विश्वासका साथ हरिया सागपातहरु पकाएर खाने गरिन्छ भने ब्रामण र चेलीबेटीहरुलाई आजका दिन दान दक्षिणा दिने गरिन्छ ।

साउन महिनामा खिर पकाएर खाने तथा पराई घर गएका चेलीबेटीहरुलाई मिठा–मिठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ ।