१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले फ्रान्सलाई पठाए शोक सन्देश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biddha-Bhandari-with-KP-oli-

काठमाडौँ, ३१ असार । नेपालले फ्रान्सको दक्षिणी सहर नाइसमा बिहीबार भएको आतङ्कवादी हमलाको निन्दा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले आआफ्ना फ्रान्सेली समकक्षी राष्ट्रपति फ्राँस्वा होलान्ड, प्रधानमन्त्री मान्युयल भल तथा विदेशमामिला र अन्तर्राष्ट्रिय विकासमन्त्री जँ–मार्क आरौलाई आज छुट्टाछुट्टै शोक सन्देश पठाई फ्रान्सको यस दुःखपूर्ण घटनामा नेपाली जनता र सरकारका तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । रासस