नुवाकोट, ३१ असार । नुवाकोटको चतुराले गाविस जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चितता गाविस घोषणा भएको छ ।
चतुरालेको स्वास्थ चौकीमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका सांसद जगदिश्वर नरसिंह केसीको प्रमुख आतिथि थिए । उक्त कार्यक्रममा बिशेष अतिथिद्वय प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पोखरेल र स्थानीय बिकास अधिकारी केशर बहादुर पण्डित, अतिथिहरु जनस्वास्थ्य प्रमुख बिश्वराम श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका डा मौसम बोहरा, अमेरिकन प्रतिनिधि लिला मुलुकुटला, सोसाइटीका उपाध्यक्ष राजकुमार भट्टराई, ब्रह्मायणी निमाविका प्रअ नवराज पाठक, स्वास्थ्य चौकी ब्यबस्थापन सदस्य हर्ष बहादुर तामाङ लगायतले मन्तव्य दिएका थिए ।
यो कार्यक्रम देशभरमा १९ औ जिल्ला हो भने बागमती अञ्चलमा दोस्रो जिल्लामा पर्दछ । स्वास्थ्य ब्यबस्थापन समिति एवं गाविस कार्यसञ्चालन समितिका अध्यक्ष किरणमणी श्रेष्ठको सभापतिमा सम्पन्न सो कार्यक्रममा २० जना बयोबृद्द नागरिकलाई समेत सम्मान गरिएको थियो ।
महेन्द्र माविका प्रअ शशि कुमार थपलियाले सञ्चालन गरिएको सो कार्यक्रममा चौकीका प्रमुख जीवन भट्टराईले धन्यबाद दिएका थिए भने अनमि सुनिता तामाङले नृत्य प्रस्तुति गरेकी थिइन् ।














प्रतिक्रिया