– शिवलाल सुवेदी
गुल्मी, ३१ असार । गुल्मीको बांझकटेरी गाविसमा विहीबार राति एक जनाको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
बांझकटेरी १ छहराका ५५ बर्षिय छत्र बहादुर सेन वलीको हत्या गरि फरार भएका प्युठान अर्खा गाविस ९ का २० बर्षिय दिपकराज गिरी र १९ बर्षिय लेखनाथ गिरीलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो । सेनवलीलाई धारिलो हतियार प्रहार गरि हत्या गर्ने क्रममा हत्यारा दिपकराज गिरी गम्भिर घाईते भएपछि प्युठानको विजुवारमा उपचार गर्ने क्रममा शकांस्पद देखिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफुहरुले सेनवलीको हत्या गरेको उनीहरुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी भोला रावलका अनुसार गम्भिर घाईते दिपकराजलाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अर्का लेखनाथ गिरीलाई जिल्ला प्रहरी कार्यलय गुल्मीमा ल्याउन लागिएको छ ।
बिहीवार राती १ बजेतिर उनीहरुले आफुहरुलाई समस्या परेको बताउदै ढोका खोल्न लगाई पैसा मागेको र पैसा छैन भनेपछि एक्कासी धारिलो हतियार प्रहार गरि समाजसेवी सेनवलीको हत्या गरेका थिए । छोरी र श्रीमती संगै घरमा रहेका सेन वलीको हत्यापछि २ थान मोवाईल र श्रीमतीले कानमा लगाएका सुनका गहना समेत हत्याराहरुले लुटेर लगेको समेत प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यलय गुल्मी र इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोलीले घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।













प्रतिक्रिया