– भोबिन्द्र शाह
बाजुरा, ३० असार । बाजुराका अधिंकाश बिद्यालयमा पाठ्यपुस्तकको अभाब कायमै रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
शैक्षिक सत्रको तीन महिना बितिसक्दा पनि जिल्लाका दुरदराजमा रहेका बिद्यालयमा पाठ्यपुस्तकको अभाव कायमै रहेको बताएका छन । पाठ्यपुस्तकका लागी नै जिल्ला शिक्षा कार्यालय बाजुराले २ करोड रकम बिनियोजन गरिसकेको जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले बताए । एक नगरपालिका र २४ गाविस रहेको बाजुरामा २१६ वटा सरकारी बिद्यालय रहेको बताइएको छ । सरकारले कक्षा एक देखि कक्षा १० सम्म निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने भनेता पनी अधिंकास बिद्यालयमा अझै पनि पाठ्यपुस्तक नपुग्नु दुःखद रहेको पत्रकार निमेन्द्र शाहीले बताए । जिल्लामा सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीको संङ्ख्या ४५ हजार रहेको जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ ।
पाठ्यपुस्तकको बिषयमा रकम सम्बन्धित बिद्यालयकाृ खातामा हालिसकेको र साथै खाता समेत बन्द गरेको भएतापनी बिद्यार्थीहरुले पाठ्यपुस्तक नपाउनु प्रति सरोकारवाल निकायले आक्रोस ब्यक्त गरेका छन । पाठ्यपुस्तक जिल्लामा पर्याप्त भएको भन्दै करिब १५ लाख रुपया फ्रिजमा गएको जिल्ला शिक्षा अधिकारीले जनाएको छ । हाल बर्षाद बिदा भएकाले साउन पछि मात्र सो बिषयमा छलफल अघाडी बढाइने जिल्ला शिक्षा अधिकारीले बताएको छ ।













प्रतिक्रिया