परासी, ३० असार । नवलपरासीको बर्दघाट ९ भुताहामा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ग १ ज ५५ ६५ नम्बरको बोलेरो जिपले बुधबार राति ठक्कर दिँदा नवलपरासी तिलकपुर गाविस वडा नम्बर ८ निवासि बर्ष ३० का सुब्बा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका परियारको उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पतालमा ल्याईएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
ठक्कर दिने सवारी र सवारी चालक बर्दघाट ईलाका प्रहरी कार्यालय नवलपरासीमा राखिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया