१९ कार्तिक २०८३, बिहिबार

संखुवासभामा पनि २०३ औं भानु जयन्ती

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhanu-jayanti– योगेन्द्रकुमार जोगी

संखुवासभा,२९ असार । अरुण सहित्यिक मञ्चले मनायो २०३ औ भानु जयन्ती मनाएको छ ।

सदरमुकाम खादबारीमा आयोजित एक कार्यक्रममा भानुभक्त आचार्यको मूर्तीमा अविर अर्पण, खदा अपर्ण तथा सम्मान कार्यक्रम एक दर्जन सर्जकको सृजना  ६ कविता ६ गजल बाचन गरेका थिए ।

आचार्यको सम्झनामा अतिथी महिला अधिकारकर्मी तथा उप–प्राध्यपक चित्ररेखा अधिकारीले मन्तव्य राखेकी थिइन् । हामीले बोलेको– अव अरुण उपत्यकामा नेपाली साहित्यको क्षेत्रलाई आजकैदिन देखि अगाडठी बढाउने छौँ। हामी नेपाली साहित्य आकाशमा आफ्नो क्षेत्रबाट नयाँ कार्यको थालनी गरेको आयोजकले जनायो ।

असारको दिनमा एक दर्जन संखुवासभाली सर्जक भेला पर्नसफल भएको संयोजक खेवाहाङ मेवाहाङले बताए । अरुण साहित्यिक मञ्चको १३ सदस्यीय कार्य समिति निर्माण गरेको छ । अध्यक्षः युवा साहित्यकार मानदेव प्यासी, उपाध्यक्षः साहित्यकार प्रकाश घायल राई, सचिब : खेवाहाङ मेवाहाङ, सह सचिबः रोशनदिप राई, कोषाध्यक्षः अनुप राना मगरलाई चयन गरेको छ ।

संसारभरको नेपालीले भानुभक्तलाई नेपाली भाषा तथा जातीय चेनताका प्रतिकका रुपमा सम्मान गरी भानुजयन्तीलाई पर्वका रुपमा मनाउँदै आएका छन् । विसं १८७१ साल असार २९ गते तनहुँको रम्घामा जन्मनुभएका भानुभक्तले घाँसीको प्रेरणाबाट रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपालीलाई भाषाको माध्यमबाट एकताको सूत्रमा जोड्नु भएको थियो ।