१९ कार्तिक २०८३, बिहिबार

मुम्बईमा नेपाली महिलाको हत्या, श्रीमान पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mumbai_city

– शेरबहादुर थापा

मुम्बई, २९ असार । भारतको मुम्बईस्थित मुलुण्डमा एक महिलाको हत्या भएको छ । हत्या गत १२ जुलाइका राति भएको हो ।

माइतीको परिचय नखुलेकी अन्दाजी ३० वर्षीया पार्वती देवकरको कोइता (हसिया) प्रहार गरि हत्या भएको हो । नेपालको पायल–९, अछाम स्थायी घर भएका उनका पति लखन देवकरलाई स्थानीय प्रहरीले हत्या आरोपमा पक्राउ गरेको मुलुण्डमा काम गर्दै आएका दिपक अछामीले जानकारी दिएका छन् ।

सधै मदिरा पिउने श्रीमानसंग उक्त राति पनि झगडा भएको र आफूले हसिया प्रहार गरि श्रीमतीको हत्या गरेको बयान देवकरले प्रहरी समक्ष दिएका छन् । अहिले हत्या आरोपी प्रहरी हिरासतमा रहेका छन् । लखनले विगत १३ वर्षदेखि स्थानीय ब्यक्तिको घरमा ड्राइभिङ गरिरहेका थिए । त्यहि बस्दै आएकी पार्वतीको विवाह उनका मालिकले गरिदिएका बताइएको छ ।

उनीहरुका विहेको १३ वर्षसम्म पनि बच्चा नजन्मेको समेत बताइएको छ । हत्या आरोपी र उनकी श्रीमती पार्वती मुलुण्डस्थित देविदयाल रोडमा अवस्थित एक अर्पाटमेन्टमा बस्दै आएका र लखन देवकरले मृतक पार्वतीमाथि शंका समेत गर्दै आएका श्रोतले बताएको छ ।

मृतकको दाहसंस्कार समेत गरिएको छ । दाहसंस्कारमा देवकर परिवारका साथै अन्य समाजसेवी प्रवासी नेपालीहरुको सहभागीता रहेको थियो ।