१९ कार्तिक २०८३, बिहिबार

हत्याका आरोपित ३ जनालाई जन्मकैदको फैसला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail

– अनिल खत्री

गुल्मी, २९ असार । गुल्मी पीपलधारा गाविस ८ की १८ बर्षिया सीता मुखिया र ३८ बर्षिय बेल बहादुर मुखियाको सामुहिक हत्या गर्ने ३ जनालाई असार २६ गते जन्मकैदको फैसला भएको छ ।

गत वर्षको साउन ७ गते काकी भतिजीको हत्या गर्ने पीपलधारा ८ का ४६ बर्षिय नारायण मुखिया, २१ बर्षिय वासुदेव जिसी र पिपलधारा ५ का ४२ बर्षिय विष्णु मुखियालाई जिल्ला अदालत गुल्मीले जन्म कैदको फैसला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विहारी मौर्यले बताए ।

आरोपितले गत वर्षको साउन ७ गते राती ११ वजे बेल बहादुरलाई काठको दाउराले टाउकोमा प्रहार गरी र सीताको मुख थुनेर हत्या गरेकाले मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १३ (३) अनुसार उनीहरुलाई जिल्ला न्यायधीश मातृका प्रसाद मरासीनिको इजलासले जन्म कैदको फैसला गरेको विहारीले जानकारी दिए ।