१९ कार्तिक २०८३, बिहिबार

भैरहवामा भानुजयन्तीको अवसरमा प्रभात फेरी (फोटो फिचर)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vanu jyanti Pravat feri @ Bhairahawa (9)

भैरहवा, २९ असार । ‘एकदिन नारद सत्यलोक पुगिगया, लोकको गरुं हित भनी’ भन्ने श्लोक बुधवार विहानभरी भैरहवा बजारमा घन्कियो ।

सन्दर्भ थियो आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको । आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा सिद्धार्थ साहित्य परिषद र सामुहिक विद्यालय परिवारको संयुक्त आयोजनामा भैरहवामा विशेष प्रभात फेरी आयोजना सम्पन्न भएको छ ।

भैरहवाको भैरहवा नमुना उच्च माध्यमिक विद्यालयबाट विहान ७ बजे शुरु भएको प्रभात फेरी रयालीको समुद्घाटन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले गरेका थिए ।

Vanu jyanti Pravat feri @ Bhairahawa (5)

नेपाल प्रहरीको ब्यान्ड बाजा सहित भैरहवा नमुना उच्च माविबाट हिडेको रयाली मिलनचौंक, प्रहरी टोल, विद्रोही चोक, नारायणस्थान, ब्रमेलीटोल, बुद्धचौक, प्रभातपथ, भानुपथ हुँदै भानु माविमा पुगेको थियो । भानुमाविमा त्यहां रहेको भानुको प्रतिमामा रयालीका सहभागीले माल्यापर्ण गरी श्रदा व्यक्त गरेका थिए । सोही अवसरमा रयाली समापन समारोह समेत आयोजना भएको थियो ।

Vanu jyanti Pravat feri @ Bhairahawa (10)

परिषदका अध्यक्ष डिल्लीराज भट्टराई र सामुहिक विद्यालय परिवारका अध्यक्ष राजेन्द्र घिमिरेको संयुक्त सभापतित्वमा आायोजना भएको उक्त कार्यक्रममा प्रमुअ अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, प्राज्ञद्धय बुंद राना र गोपीरमण उपाध्यय, प्रा.डा कपील लामिछाने, प्रा.डा गितु गिरी, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, प्याब्सन नेपालका केन्द्रिय सदस्य विष्णु पन्थि, महाकवि मोदनाथ शास्त्री, साहित्यकार मणिराम भट्टराई, उमेश रिजाल, विजय सागर, भरत कुमार पोखरेल, गम्भीर गुरुंग, उदयकुमार मल्लीक, गोकुल पोखरेल, भानुका प्रतिबिम्ब बनेका नेपाल नालन्दा कलेजका विद्यार्थी विशाल पाण्डे , उद्योग व्यपार संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष सिपी श्रेष्ठ, सिसासका अध्यक्ष सुवास रिजाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सन्चालन सामुहिकका सचिव प्रेम पौडेलले गरेका थिए ।

प्रभात फेरीमा सामुहिक विद्यालय परिवार आवद्ध विद्यालयका शिक्षक तथा विद्यार्थि, ब्रहमा कुमारी इश्वरी विश्वविद्यालय भैरहवा, विभिन्न निकायका सहभागिता रहेको थियो ।

Vanu jyanti Pravat feri @ Bhairahawa (2)Vanu jyanti Pravat feri @ Bhairahawa (1)  Vanu jyanti Pravat feri @ Bhairahawa (3) Vanu jyanti Pravat feri @ Bhairahawa (4)  Vanu jyanti Pravat feri @ Bhairahawa (6)  Vanu jyanti Pravat feri @ Bhairahawa (8)   Vanu jyanti Pravat feri @ Bhairahawa (11) Vanu jyanti Pravat feri @ Bhairahawa (12)