१९ कार्तिक २०८३, बिहिबार

अब कुन रणनीति अपनाउलान ओली ? गौतम र पोखरेलको फरक- फरक मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Bamdev-Ishwor Pokhrel1
फाइल फोटो

कमलराज भट्ट 

काठमाडौँ, २८ असार । माओवादीले सरकारबाट हात झिकेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेले अपनाउने रणनीतिलाई लिएर यतिबेला विभिन्न आंकलन भइरहेको छ ।

नेपालको संविधानको धारा २९८ को उपधारा ८ मा प्रधानमन्त्री पदबाट मुक्त हुनका लागि चार वटा अवस्था हुनुपर्ने बताएको छ । संविधानमा भनिएको छ, प्रधानमन्त्रीबाट पद मुक्त हुन निम्न कारण चाहिन्छन्ः

(क) राजिनामा
(ख) अविश्वास प्रस्ताव पारित वा विश्वासको मत पाउन नसके
(ग) संसद सदस्य नरहेमा
र,
(घ) मृत्यु भएमा

त्यसो भए प्रधानमन्त्री ओलीले खुरुक्क राजीनामा गर्लान् वा संसदबाट विश्वासको मत लिन्छन् भन्नेमा यतिबेला चर्चा सुरु भइसकेको छ । यही विषयमा छलफल गर्न नेकपा एमालेले आज साँझ ६ बजे स्थायी समितिको बैठक बोलाएको छ ।

राजीनामा गर्नुभन्दा पनि संसदको विश्वास लिनेमा प्रधानमन्त्री र उनी निकट नेताहरु देखिएका छन् । खासगरि, महासचिव ईश्वर पोखरेल र अधिकांश नेताहरु खुरुक्क सत्ता बुझाउनु भन्दा संसदबाट विश्वासको मत लिएर संसदीय र संवैधानिक सामना गर्नुपर्ने पक्षमा छन् ।

उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु भने प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पक्षमा देखिएका छन् । माओवादीले समर्थन फिर्ता लिइसकेको अबस्थामा संसदबाट विश्वासको मत लिन खोज्नुको कुनै अर्थ नरहने उनको भनाइ छ । ओलीले छाडेर भए पनि प्रचण्डलाई प्रधानमन्त्री बन्न दिनुपर्ने पक्षमा गौतम थिए ।