१९ कार्तिक २०८३, बिहिबार

श्रीमानसँग झगडा पर्दा शरीरमा आगो लगाएर आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । राजधानीमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफैले शरिरमा मट्टितेल खन्याई आगो लगाउदा जलेर गम्भीर घाइते भएकी सर्लाही लालबन्दी घर भई हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गौरीशंकर मार्ग डेरा गरी बस्ने २६ वर्षीया बबिता बिकको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

विकले सोमबार घरायसी बिषयमा श्रीमानसँग झगडा पर्दा शरीरमा मट्टितेल खन्याई आगो लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनको शरिरमा लागेको आगो निभाउने क्रममा उनका श्रीमान ३५ बर्षीय दिपक विक र १० वर्षीय छोरा मिलन बिक समेत जलेर घाइते भएकोले उपचारको लागि सोही अस्पतालमा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।