काभ्रे, २८ असार । आफैले गोली हानेका नेपाल प्रहरीका एक जना जवानको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसारआफैले बोकेको हतियारबाट गोली फायर गर्दा गम्भीर घाइते भएका प्रहरी चौकी श्यामपाटी काभ्रेमा कार्यरत प्रहरी जवान जगत बैठा धोबिको उपचारको क्रममा मृत्यु भएको हो ।
डिउटीमा रहेको अवस्थामा बैठाले असार २५ गते आफैले बोकेको राईफलबाट आफ्नै दाहिने तिघ्रामा १ राउण्ड गोली प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि धुलीखेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको थियो ।
आफैले बोकेको बन्दुक पड्किएर घाइते
यसैगरी दाङमा आफैले बोकेको बन्दुक पड्किएर महादेवस्थान–२ पियुरी बस्ने ३० वर्षीय कपिल बम्जन घाइते भएका छन् ।
आइतबार मकै खान आएको बाँदरलाई लखेट्न जाँदा बोकेको भरुवा बन्दुक पड्किएर टाउकोमा चोट लागि गम्भीर घाईत भएका उनलाई उपचारको लागि न्यूरो अस्पताल काठमाडौंमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया