परासी, २८ असार । नवलपरासीको बर्दघाट ४ बासखोलामा सोमवार राति मोटरसाईकल दुर्घटना हुँदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बा ७५ प ७९०६ नम्बरको मोटरसाईकल बर्दघाट ४ बासखोलामा आफै अनियन्त्रित भई पल्टदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा रुपन्देही रायपुर गाविस घर भई अंचल प्रहरी कार्यालय लुम्बिनीको लागूऔषध ब्युरो रुपन्देहीमा कार्यरत प्रहरी हवलदार प्रभु कोहारको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका कोहारको उपचारको क्रममा भरतपुर आज मंगलवार बिहान मृत्यु भएको थियो ।













प्रतिक्रिया