काठमाडौं, २७ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीनको राजधानी बेइजिङमा सम्पन्न सिल्क रोड सम्बन्धि कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा नेपाल र चीनको एतिहासिक र आपसी हितमा आधारित सम्बन्धको बारेमा प्रकाश पार्नु भएको छ ।
यसै सन्र्दभमा अप्रिल २५, २०१५ मा नेपालमा गएको विनासकारी भूकम्पमा चीनले गरेको ठूलो सहयोगको लागि चिनियाँ सरकारलाई धन्यवाद दिनुभयो ।
नेपालको विगत दुइ दशक राजनीतिक संक्रमण, अस्थिरता र द्वन्द्वबाट गुज्रिन पुगि विभिन्न समस्याहरुमा रुमलिन पुगेता पनि संवाद र सहमतिबाट हामी विकासको मार्गमा अघि वढ्न प्रयत्नरत रहेको तथ्य अवगत गराउनु भयो । यस्तो अवस्थामा चिनियाँ सरकारले राष्ट्रपति सि जिङपिङ नेतृत्वमा अघि बढाएको एक्काईसौ शताब्दीको सिल्क रोडको विकास अवधारणा, एशियाली विकास बैंकका साथै व्रिस्कले एशियाली क्षेत्र र विश्वमा शान्ति, विकास र स्थिरताका लागि कोशेढुंगा सावित हुने विश्वास लिएको कुरा औल्याउनु भयो ।
नेता खनालले चीनले नेपाललाई व्यापार र पारवहन सुविधा दिन गरेको निर्णयको प्रंशसा र स्वागत गर्दै केरुङ हुँदै हिमाल पार जोड्ने परम्परागत सिल्क मार्गको शाखा अघि बढाउन गरेको प्रयास राष्ट्रपति सि जिन पिङले अघि सारेको वन रोड वन बेल्टको अवधारणा अन्तरगत भएको कुरा प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो– नेपाल चीन सम्बन्ध २ हजार वर्ष पुरानो हो र यो सिल्क रोडसँग जोडिएको छ । विश्व शान्तिका प्रर्वद्धक गौतम बुद्धका शिक्षाहरुको खोजि र प्रचारमा चिनियाँ विद्धान र भिक्षुहरु नेपाल आएको र बुद्धका शिक्षाहरुलाई चिनमा प्रचार प्रसार गरेका थिए । त्यसैगरी चीन र तिब्बतमा कला र कारिगरीको माध्यमबाट बुद्ध धर्म र शान्ति प्रसार गर्न भृकुटी र अरनिकोले प्रयोग गरेको केरुङ नाका र सम्बद्ध मार्ग अहिले पनि चीन र नेपालको विचमा व्यापार गर्ने महत्वपूर्ण नाका रहिआएको विषय प्रकाश पार्दै यो परियोजनालाई प्राचिन सिल्क रोडको महत्वपूर्ण मार्गका रुपमा अघि बढाउन नेपाल तत्पर रहेको र चीनको अग्रसरता र सहयोगको अपेक्षा गरेको तथ्य प्रस्ट पार्न चाहन्छु ।’
भित्रि मंगोलिया विश्वविधालयले नेता खनाललाई सम्मानार्थ प्रदान गरेको विद्यावारिधीका लागि आयोजित कार्यक्रममा उपस्थित भई उहाँ वेइजिङको कार्यक्रममा उपस्थित हुनु भएको हो । सांकृतिक र राजनीतिक सम्बन्ध सम्बन्धि सम्बद्ध संस्था सिआईसिआईको निमन्त्रणामा उहाँ चीनको एक हप्ते भ्रमणमा जानु भएको हो ।
चीनमा छँदा स्वास्थ्यको नियमित परिक्षण गनुभएको र उहाँका साथमा धर्मपत्नि रवीलक्ष्मी चित्रकार, छोरा निर्भिक र सहयोगी निजी डाक्टर सुमन शर्मा साथमा रहनु भएको र खनाल यहि २८ गते नेपाल फर्कने कार्यक्रम रहेको उहाँका स्बकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।













प्रतिक्रिया