१९ कार्तिक २०८३, बिहिबार

नेपाली काँग्रेस म्याग्दीको कार्यबाहक सभापतिमा भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congress-flagम्याग्दी, २७ असार । नेपाली काँग्रेस म्याग्दीको कार्यबाहक सभापतिमा जिल्ला कार्यसमिति सदस्य कर्णबहादुर भण्डारीलाई तोकिएको छ ।

साउन १ गतेदेखि केही समय मुलुकबाहिर जान लागेका जिल्ला पार्टी सभापति खमबहादुर गर्बुजा (खमवीर)ले आफू स्वदेश फिर्ता नहुँदासम्मका लागि भण्डारीलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनुभएको हो ।

कार्यबाहक सभापति भण्डारीलाई गर्बुजाले पार्टीको दैनिक गतिविधि तथा प्रशासनिकलगायत तोकिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न आग्रहसमेत गर्नुभएको छ ।

गत फागुन १० गते भएको नेपाली काँग्रेस म्याग्दीको अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा सबैभन्दा बढी मत २४९ ल्याएर भण्डारी विजयी हुनुभएको थियो ।

उहाँले आफूलाई पार्टी सभापतिले दिएको सभापतिले दिएको जिम्मेवारीलाई कुसलतापूर्वक निर्वाह गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो छ । रासस