१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा सिसिक्यामेरा उद्घाटन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CC-camera-pachthar

– कृष्ण ओझा

पाँचथर, २६ असार । पाँचथर सदरमूकाम नगरीमा ३२ थान सिसिक्यामेरा जडान गरिएका डिजिटल स्कृनद्वारा उद्घाटन गरीएको छ ।

क्यामेरा पूर्वाञ्चल बिराटनगरका प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले सिसि क्यामेरा स्कृनलाई उघारेर ओपनिङ गरेका हुन ।

साथमा एसएसपी केदारनाथ रिजाल पनी थिए । तत्कालीन प्रजीअ प्रदिपराज कणेलले सुरु गरेका सिसिक्यामेरा लाइ ब्यवस्थित गर्न थप योजना बनाएका प्रजिअ पूरुषोत्तम घिमिरेले महत्वपूर्ण भूमिका निभाएका थिए ।

पाँचथर प्रहरी प्रमूख कृष्ण प्रसाद कोईराला पाँचथर आए लगतै निरन्तर रुपमा अपराध न्यूनिकरणका उपकरण जूटाउन स्थानीय बासिहरु संग बारमबार छल फल र बैठक पहलमा ३२ थान क्यामेरा जूटेको हो । कोइरालाको कार्यसैली र सेवा प्रती स्थानीय बासीले उच्च कोटीमा मूलयाकन गरेको सर्वसाधारण बताउदै आएका छन ।

pachthar-police

सामुदायीक प्रहरी सेवा केन्द्र र पाँचथर प्रहरी कार्यालय,को समन्वयमा सरकारी तथा ब्यापारी, उद्योग ब्यबसायीहरु, नागरीक समाज , ब्यक्तीत्वको आर्थिक सहयोगमा ठूलै सख्यामा क्यामेरा बजारका मूख्य ठाउहरुमा जडान गरीएको छ ।

त्यसै क्रममा स्थानिय बासिको जिन्सी तथा प्रहरीको आन्तरीक श्रोत र कर्मचारीहरुको श्रमदान बाट प्रहरीकार्यालय हाता भित्र निर्माण गरीएको प्रहरी अधिकृत आवास गृह समेत उदघाटन गरीएको छ ।

सिसि क्यामेरा, भवन निमार्णमा सहयोग गर्नेहरुलाइ सम्मान पत्र समेत बितरण गरीएको थियो । असार २७ गते प्रहरी मरो साथीको उदघाटन लगायत बिभिन्न कार्यक्रम गरीने प्रहरीले जनाएको छ ।

उदघाटन समारोहमा राजनैतिक दलका प्रमूख तथा प्रतीनिधि, सरकारी कार्यालय प्रमूख, सघ संघसस्था, सूरक्षा अधिकारीहरुको बाक्लै उपस्थिती रहेको थियो ।