१९ कार्तिक २०८३, बिहिबार

‘केपी ओली नेतृत्वको सरकार ढाल्ने सबै प्रकारका षडयन्त्रहरु असफल’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kiran-gurungतनहुँ, २६ असार । नेकपा एमालेका स्थायी समिति सदस्य एवं स्थानीय निकाय विभाग प्रमुख किरण गुरुङले केपी ओली नेतृत्वको सरकार ढाल्ने सबै प्रकारका षडयन्त्रहरु असफल हुने बताएका छन् ।

शनिबार तनहुँको दमौलीमा नेकपा एमाल जिल्ला कमिटिले आयोजना गरेको स्थानीय निकाय पुन संरचना सम्बन्धी परामर्श बैठकलाई सम्बोधन गर्दै गुरुङले नेकपा एमाले नेतृत्वको सरकारले तीनै तहको चुनाव लक्ष्यका साथ अगाडि बढेको कारण तत्काल सरकार परिवर्तन नहुने दाबी गरे ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अगामी २०७४ सालको मंसिरसम्ममा स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्ने लक्ष्य अनुरुप सरकार अगाडि बडेको भन्दै गुरुङले भने, ‘यहि सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गर्छ ।’ गुरुङले स्थानीय स्तरको चुनावका लागि एमालेका नेता तथा कार्यकर्तालाई तयार हुन सकेत आग्रह गरे ।

परामर्श बैठकमा कार्यपत्र प्रस्तुत गर्दै गुरुङले पुनः संरचना आयोगलाई पूर्णरुपमा सहयोग गर्न एमालेका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन । गाउँ पालिका र नगरपालिकाको सिमाङन र केन्द्र निर्धारणको समयमा समस्या उत्पन्न हुने हुदा चनाखो हुन समेत आग्रह गरेका छन् ।

परामर्श बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज जगत विक तथा केन्द्रीय सदस्य एवं तनहुका इन्चार्ज प्रतापलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।