१९ कार्तिक २०८३, बिहिबार

हतकडीसहित कलंकी प्रहरी कार्यालयबाटै भागेका अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3काठमाडौं, २६ असार । हतकडीसहित फरार भएका २२ वर्षीय बादल भन्ने आकाश थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महानगरीय प्रहरी प्रभाग कलंकीमा हतकडी लगाई राखिएको अवस्थामा उनी हत्कडी सहित फरार भएकोमा खोजतलास गर्ने क्रममा उनलाई स्वयम्भु स्थित उनकै कोठामा प्रहरीले फेला पारेको थियो ।

मगरलाई शनिबार काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित नेपाल कलेजको कम्पाउण्ड भित्रबाट स्थानीय बासिन्दाले पाकेट मारी गरेको भनी नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।