१९ कार्तिक २०८३, बिहिबार

महिलाको घाँटीबाटै सुनको सिक्री लुछेर भागेका दुई भारतीय पक्राउ

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Lootera

महेन्द्रनगर, २५ असार । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको अति चहल पहल हुने सब्जी मण्डीबाट एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भागेका दुई जना भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ सब्जीमन्डी क्षेत्रको ब्यस्त बजारबाटै भीमदत्त नगरपालिका ६ ऐठपुरकी शान्ति ओझाले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भागेका भारतीय लुटेरालाई प्रहरीले पक्राउ गरेको हो ।

युके ९४१९८६३ भारतिय नम्वरको मोटर साईकलसहित महाकाली नदी क्षेत्रमा पर्ने दोधारा झोलुङ्गे पुलबाट शुक्रवार राती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले जानकारी दिनुभयो । उनका अनुसार महिलाले लगाएको सुनको सिक्री लुट्ने भारत उत्तराखण्ड खटिमाका १८ वर्षीय अजय शर्मा र २२ वर्षीय अस्लाम अन्सारी रहेका छन् ।

बजारको सब्जीमण्डीमा किनमेल गरिरहेका बेला महिलाको सुन लुछेर फरार भएका दुबै लुटेरा भारततर्फ भागिरहेका बेला प्रहरीले पछ्याउदै नियन्त्रणमा लिएको थियो ।

प्रहरीले दुवै जना लुटपाट गर्ने समुहमा आवद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु बिरुद्ध लुटपाट तथा चोरी अन्र्तरगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।