– मोहन विष्ट
महेन्द्रनगर, २५ असार । सात नम्बर प्रदेशका तिन बामनिकट शिक्षक संगठनहरु विच कैलालीको अत्तरियामा एकता भेला भएको छ ।
शनिबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन र बिद्रोही अखिल नेपाल शिक्षक संगठन विच एकता भेला सम्पन्न भएको हो । अखिल शिक्षक संगठनहरुको बृहद शिक्षक एकता रुपान्तरण र विजयी अभियान २०७३ अन्तगत सात नम्बर प्रदेशस्तरिय एकता भेला भएको छ ।
भेलामा मन्तव्य दिने अधिकाँस शिक्षक नेताहरुले एकताको सन्देश गाँउ गाँउ सम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् । एकताका साथै अखिल शिक्षक संगठनले शैक्षिक सुधारका कार्यक्र्म विद्यालयसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् । एकताले नै शैक्षिक मुद्दाहरु उठान गर्न सकिने भन्दै, अब शैक्षिक विकृती बिरुद्ध संघर्ष गर्न सहज हुने बताएका छन् । एकता भेला ऐतिहासिक भएकाले भेलाले सात नम्बर प्रदेशको शैक्षिक विकास, नीति, नियम योजना ल्याउन शिक्षकहरुले बताएका छन् । टुटफुट बाट शैक्षिक सुधारका योजना कार्यान्वयन गर्न नसकिएको भन्दै एकताबाट अब नयाँ कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
भेलामा अखिल नेपाल शिक्षक संगठनका सात नम्बर प्रदेशका सह–संयोजक धन बहादुर सिहले कार्यपत्र प्रस्तुत गर्दै असार देखि मंसिर सम्मको ‘बृहद शिक्षक एकता रुपान्तरण र विजयी अभियान २०७३’को कार्यक्रम प्रस्तुत गरेका थिए । अभियान अन्तरगत शिक्षक, अभिभावकसम्म पुग्ने, हालै संविधान सभाबाट पास भएको शिक्षा विधेयक बारे जनतालाई जानकारी गराउने, ‘एक जिल्ला एक नमुना विद्यालय’ शिक्षा ऐन, प्रणाली बारे बहस चलाउने, कप्युटर आधारभूत कार्यान्वयन, आफुले पढेका विद्यालयमा आफ्नो छोराछोरी पढाउनुपर्ने, शैक्षिक अनियमिता रोक्ने कार्यक्रम, शैक्षिक ऐजेण्डामा जिल्ला जिल्लामा बहस संचालन र विगतमा सरकार र शिक्षक संगठन विच भएका सम्झौताहरु कार्यान्वयन गर्न दवाव दिने । एकताको सन्देश गाँउसम्म पुर्याउने समेत भएका छन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन सात नम्बर प्रदेशका इन्चार्ज कृष्णदत्त जोशी (बक्सर)ले शैक्षिक सुधारका लागि एकता अपरिहार्य रहेको बताए । ‘यो एकता भेला ऐतिहासिक छ’, उनले भने‘अब शैक्षिक क्षेत्रमा परिर्वतन गरिन्छ ।’ अब कार्य योजना बनाएर जिल्ला जिल्लामा अभियान संचानल गरिने उनले बताए । एकिकृत अखिल नेपाल शिक्षक संगठन सात नम्बर प्रदेका संयोजक दल बहादुर कार्कीले तिनै शिक्षक संगठनहरु अब एक ढिक्का भएर शैक्षिक विकासका लागि कार्य गर्ने बताए । ‘अब हामी ९ वटै जिल्लाहरुमा एकताको भाव लिएर जान्छौँ’ उनले भने ‘शैक्षिक सुधार गर्न सजिलो हुनेछ ।’
एकिकृत अखिल नेपाल शिक्षक संगठनका उप महासचिव सुमन न्यौपानेले परिर्वतनकारी शिक्षकहरुले शैक्षिक सुधारका लागि राम्रो काम गर्नुपर्नेमा जोडदिए । एकताको भाव सबै शैक्षिक जगतमा पुर्याउनुपर्ने बताए । नेतृत्व गम्भिर हुनुपर्ने भन्दै प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने बताए । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव शंकर अधिकारीले परिर्वतनकारी शिक्षक संगठनहरुले जित्ने अभियान ल्याएको भन्दै जनताको घर दैलोमा विद्यालयसम्म अभियानको सन्देश पुर्याउन निर्देशन दिनुभयो । बषौैँ देखि पास हुन नसकेको शिक्षा विधेयक माओवादी शिक्षा मन्त्रीकै पहलमा ल्याएको बताए । विधेशयकमा अधिकाँस विषय राम्रा भएको बताए । बेलामा ९वटै जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।













प्रतिक्रिया