१ कार्तिक २०८३, आइतबार

जुमाद्वारा भारतीय प्रधानमन्त्री मोदीको स्वागत

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM leaves for New Delhi in Tashkentप्रिटोरिया (दक्षिण अफ्रिका), २५ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको अफ्रिकी मुलुकसँगको व्यवसायिक प्रबन्धका लागि दक्षिण अफ्रिकाको राजजानी प्रिटोरिया पुग्नुहुँदा उहाँलाई अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले स्वागत गर्नुभएको छ ।

अफ्रिकी राष्ट्रपतिसँगको भेटका क्रममा दुई नेताले भारत र दक्षिण अफ्रिकाबीच कायम रहेको परम्परागत सम्बन्धलाई थप मजबुत पार्दै रक्षा, उत्पादन, विनिर्माण, खनिजजस्ता महत्वपूर्ण विषयमा सहयोगलाई थप आकर्षित गर्ने बताउनुभएको छ ।

भेटका क्रममा परमाणु आपूर्तिकर्ता समूहमा सदस्यता प्राप्त गर्न गरेको भारतीय प्रयासमा समर्थन जनाएकोमा राष्ट्रपति जुमालाई धन्यवाद पनि दिनुभयो ।

उहाँहरुबीच पछिल्लो समय विश्वभर चुनौती बनेर आएको आतङ्कवादसँग सक्रिय बनेर विश्वबाट आतङ्कवादलाई निर्मुल पार्ने विषयमा दुई देश सहकार्य गर्दै अन्तर्राष्ट्रिय मञ्चलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । –एएफपी