नयाँदिल्ली, २४ असार । भारतीय जनता पार्टीका नेता एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दलले प्रयोग गर्दै आएको चुनाव चिन्ह ‘कमल’को फूललाई लिएर बाम्बे हाई कोर्टमा जनहित याचिका दायर भएको छ ।
याचिकामा बीजेपीको चुनाव चिन्ह कमलको फूल फिर्ता लिन माग गरिएको छ । याचिका दिएका व्यक्तिले अदालतसँग आफ्नो अपीलमा भनेका छन् कि चुनाव आयोगलाई कमलको फूल फिर्ता लिनका लागि निर्देशन दिइयोस ।
याचिकाले तर्क दिँदै भनेका छन् कमलको फूल भारतको राष्ट्रिय फूल भएकाले कुनै राजनीतिक दलले आफ्नो हितका लागि चुनाव चिन्हका रुपमा प्रयोग गर्न पाउँदैन ।
बीजेपीले चुनावी लाभको लागि कमलको फूल प्रयोग गरेको यचिकाकर्ता व्यक्तिले दाबी गरेका छन् ।
याचिका दायर गर्ने व्यक्ति हेमन्त पाटिलले भनेका छन्, ‘कमल एक पवित्र फूल हो । जसमा पौराणिक कथाका साथै महत्वपूर्ण स्थान प्राप्त छ । यो भारतीय संस्कृतिको शुभ चिन्ह हो । कमल देवी लक्ष्मीको पुष्प हो । धन, समृद्धि र उर्वरताको प्रतीक पनि हो ।’ याचिकामा अर्को हप्ता सुनवाई हुन सक्छ ।
हेमन्त पाटिलले कमलको फूल चनाव चिन्ह फिर्ता लिन चुनाव आयोगसँग आग्रह गरेका थिए । चुनाव आयोगले पाटिलको आग्रहलाई नसनेपछि उनीले बाम्बेस्थित उच्च न्यायालयमा याचिका दायर गरेका हुन् । – एजेन्सी















प्रतिक्रिया